हिगुएन पनि पुगे इटाली

(एएफपी)

टुरिन — अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हिगुएन इटाली फर्कने युभेन्ट्सका अन्तिम खेलाडी बनेका छन् । उनी शुक्रबार बेलुका निजी विमानमा टुरिन आइपुगेका हुन् ।

हिगुएन पनि पुगे इटाली

इटालीमा जुन १३ बाट सिरी ए सुरु हुनेछ । रियल म्याड्रिड, चेल्सी र नेपोलीका खेलाडी पनि रहेका हिगुएनले अब दुई साता क्वारेन्टनाइमा बिताउनेछन् ।

आफ्नी आमा बिरामी भएपछि मार्च १९ मा उनी आफ्नो देश अर्जेन्टिना फर्केका थिए । यसअघि उनीमाथि गरिएको कोभिड–१९ परीक्षण नेगेटिभ आएको थियो ।

प्रकाशित : जेष्ठ ३, २०७७ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?