कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्लबमा भेटिए १० संक्रमित

रोयटर्स

म्युनिख — जर्मन व्यावसायिक फुटबल लिग (डीएफएल) ले ३६ क्लबमा गरेको १ हजार ७ सय कोरोना भाइरस संक्रमण परीक्षणमा १० व्यक्तिमा पोजिटिभ भेटिएको सोमबार बताएको छ । डीएफएलले बुन्डेसलिगा र बुन्डेलिगा २ का खेलाडी र खेलपदाधिकारीलाई परीक्षण गरेको हो । पोजिटिभ नतिजा आएका को को हुन्, त्यसबारे भने बताइएको छैन ।

क्लबमा भेटिए १० संक्रमित

तर यसबारे डीएफएफले सरकारी स्वास्थ्य संस्थालाई जानकारी भने दिएको छ । संस्थाले भनेको छ, ‘आवश्यक नियमअनुसार हामीले पोजिटिभ नतिजा आएका सबैलाई तत्काल तिनका क्लबको सल्लाहमा आइसोलेनमा राखिएको छ र हामी स्थानीय स्वास्थ्य निकायसँग सम्पर्कमा पनि छौं ।’ कोभिड–१९ संक्रमणको महामारीका कारण जर्मनीमा फुटबल मध्य मार्चयता स्थगित छ ।

जर्मन सरकारले बुधबार लिग कहिले फेरि सुरु गर्ने हो भनेर निर्णय गर्ने सम्भावना रहेको छ । यसअघि बुन्डेसलिगा क्लब कोलोनले शुक्रबार मात्रै आफ्ना तीन खेलाडी भाइरसबाट संक्रमित भएको जनाएको थियो । क्लबले आफ्ना टिमका बाँकी सदस्यलाई १४ दिन क्वारेन्टाइनमा राखिएको पनि बताएको छ ।

प्रकाशित : वैशाख २४, २०७७ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?