२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५४

‘म नै वास्तविक रोनाल्डो’

एजेन्सी

रियो डे जेनेरियो — विश्व फुटबलमा अद्वितीय खेलाडीका रूपमा क्रिस्टियानो रोनाल्डोको उदयपछि दुई रोनाल्डोबीच तुलना गर्दै विभिन्न चर्चा–परिचर्चा हुने गर्छ । ब्राजिलका रोनाल्डोले तीनपल्ट फिफा वर्षखेलाडीको उपाधि जिते । तर, पछिल्लो समय रोनाल्डो भनेपछि यो नाम पोर्चुगाली खेलाडीसँग बढी जोडिन थालेको छ ।

‘म नै वास्तविक रोनाल्डो’

विश्वकप विजेता कप्तान फाबियो कानाभारोसँगको अन्तर्वार्तामा ब्राजिली रोनाल्डोले भनेका छन्, ‘म नै वास्तविक रोनाल्डो ।’ यस्तो सुन्दा क्रिस्टियानोलाई नरमाइलो लाग्न सक्ने भन्दै उनले गम्भीर टिप्पणी गरे, ‘खासमा कुनै प्रकारको तुलना नै ठीक छैन, दुई रोनाल्डोबीच ।’

उनका अनुसार अहिलेका रोनाल्डो आधुनिक फुटबलका एक महान् खेलाडी हुन् । उनले ठूल ठूलो उपलब्धि हात पारेका छन् । त्यसैले लियोनल मेसीसँगै उनको नाम जहिले पनि उत्कृष्ट खेलाडीका रूपमा अगाडि आउनेछ । ब्राजिली रोनाल्डोले सन् १९९४ र २००२ मा विश्वकप जिते भने सन् १९९८ मा उपविजेतामा चित्त बुझाएका थिए ।

सन् १९९८ को विश्वकप फाइनलअगाडि सुरुआती ११ खेलाडीमा उनको नाम नहुनु अविश्वसनीय थियो । तर पछि रहस्यमय चोटबाट मुक्त हुँदै खेलको सुरुमै सहभागिता जनाए । तर, उक्त खेलमा जिनेदिन जिदानको फ्रान्स विजयी रह्यो । दुवै रोनाल्डोले रियल म्याड्रिडका लागि खेले । पोर्चुगाली रोनाल्डोको सबैभन्दा ठूलो विशेषता चोटमुक्त रहिरहनु हो भने ब्राजिली रोनाल्डो लगातार चोटविरुद्ध संघर्ष गर्न बाध्य रहे ।

प्रकाशित : वैशाख ११, २०७७ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दुग्ध विकास संस्थान (डीडीसी)लाई सरकारले पटक पटक गरी १२५ करोड ऋण दिने भएपछि के अब किसानले दूधको भुक्तानी पाउलान् ?

x
×