२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

टुर डे फ्रान्स पछि सर्ने

एएफपी

पेरिस — टुर डे फ्रान्सका आयोजकले विश्व साइक्लिङको सबैभन्दा ठूलो प्रतियोगिता सार्ने भएको छ । कोरोना भाइरस संक्रमणका कारण फ्रान्समा मध्य जुलाइसम्म सार्वजनिक भेलामा प्रतिबन्ध रहेको हुनाले यो निर्णय गर्न लागेका हुन् ।

टुर डे फ्रान्स पछि सर्ने

पूर्व तय कार्यक्रम अनुसार यसपल्टको टुर डे फ्रान्स निसबाट जुन २७ मा सुरु भएर जुलाइ १९ मा पेरिसमा टुगिने थियो । तर अहिले तय मितिमा प्रतियोगिता आयोजना असम्भव देखिएको छ ।

फ्रान्सेली राष्ट्रपति इमानुल म्याक्रोनले मे ११ सम्म लकडाउन कडासँग लागू हुने र मध्य जुलाइसम्म सार्वजनिक भेलामा प्रतिबन्ध रहने घोषणा गरेका थिए । फ्रान्सेली सरकारले पनि टुर डे फ्रान्स आयोजनाबारे पुर्नविचार गर्नु पर्ने बताइसकेको छ ।

प्रकाशित : वैशाख ३, २०७७ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?