कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इंग्ल्यान्ड-वेस्ट इन्डिज सिरिज रद्द हुने

एजेन्सी

लन्डन — इंग्लिस क्रिकेटका निर्देशक एसली जायल्सले वेस्ट इन्डिजको जुनमा हुने भनिएको भ्रमण रद्द हुने संघारमा रहेको स्वीकारेका छन् । उनले सिरिज नहुने सम्भावना बढ्दै गएको बताएका छन् ।

इंग्ल्यान्ड-वेस्ट इन्डिज सिरिज रद्द हुने

कोरोना भाइरस संक्रमणका कारण इंग्ल्यान्डमा मे २८ सम्मका लागि सबै प्रकारका क्रिकेट स्थगितको स्थितिमा छ । इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको तीन टेस्ट सिरिजको पहिलो खेल ओलभमा जुन ४ बाट सुरु हुने कार्यक्रम थियो ।


इंग्लिस मिडियासँगको कुराकानीमा जायल्सले प्रस्ताव राखेका छन्, ‘हामीले वैकल्पिक बाटो रोज्नु पर्ने हुनेछ । क्रिकेट कहिलेदेखि सुरु गर्न सक्छौं, त्यो नै सबैभन्दा ठूलो प्रश्न रहेको छ ।’


अस्ट्रेलियाको बंगलादेश भ्रमण भर्खरै मात्र पछाडि सारिएको छ । खेल हुन नसकेपछि विश्व क्रिकेटले पनि ठूलो आर्थिक नोक्सानी बेहोर्ने निश्चित मानिएको छ ।

प्रकाशित : चैत्र २८, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?