स्टोक्स विजडनको उत्कृष्ट खेलाडी- खेलकुद - कान्तिपुर समाचार

स्टोक्स विजडनको उत्कृष्ट खेलाडी

एएफपी

लन्डन — बेन स्टोक्स विजडनको वर्षको उत्कृष्ट क्रिकेट खेलाडी बुधबार घोषित भएका छन् । यसअघि लगातार तीन वर्ष विजेता रहेका विराट कोहलीलाई उछिनेर स्टोक्स सन् २०२० का सबैभन्दा प्रभावशाली खेलाडी चुनिएका हुन् ।


विजडनले अलराउन्डरका रूपमा उनको प्रदर्शनलाई ऐतिहासिक मानेको छ । सन् २००५ मा एन्ड्रयु फ्लिन्टफ उत्कृष्ट चुनिएयता यो उपलब्धी हात पार्ने स्टोक्स पहिलो इंग्लिस खेलाडी हुन् ।


न्युजिल्यान्डविरुद्धको वान डे विश्वकप फाइनलमा म्यान अफ द म्याच रहेका स्टोक्सले अस्ट्रेलियाविरुद्धको तेस्रो ऐसेज टेस्टमा पनि अपूर्व विजयी इनिङ्स खेलेका थिए ।

प्रकाशित : चैत्र २७, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्

रियल म्याड्रिडका खेलाडीको तलब काटियो

एएफपी

म्याड्रिड — स्पेनिस फुटबल क्लब रियल म्याड्रिडका खेलाडीले पनि आफ्नो तलब कट्टा गरेर लिन बुधबार सहमति दिएका छन् । कोरोना भाइरस संक्रमणका कारण अहिले स्पेनी फुटबल स्थगित भएको छ ।

क्लबका खेलाडी र प्रशिक्षकसँगै प्रमुख निर्देशक र बास्केटबल टिम १० देखि २० प्रतिशत तलब कट्टा गरेर लिन तयार भएका हुन् । स्पेनी मिडियाका अनुसार यो सिजन पूरा भए तलबबाट १० प्रतिशत काटिनेछ ।


सिजन स्थगितकै स्थितिबाट रोकिएमा २० प्रतिशत तलब काटिनेछ । यसरी तलब काटिँदा क्लबलाई ३ देखि ६ करोड डलरको राहत हुनेछ ।

प्रकाशित : चैत्र २७, २०७६ ०७:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×