कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्रिकेट खेलाडी संघ नेपाल र एनसीसीएस ग्रुपले ४ लाख ६२ हजार सहयोग गर्ने

नमिता दाहाल

काठमाडौँ — कोभिड–१९ को नियन्त्रणका लागि क्रिकेट खेलाडी संंघ नेपाल(सीपीएएन) र एनसीसीएस ग्रुपले सरकारको कोरोना रोकथाम कोषलाई ४ लाख ६२ हजार रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । 

क्रिकेट खेलाडी संघ नेपाल र एनसीसीएस ग्रुपले ४ लाख ६२ हजार सहयोग गर्ने

सोमबार एक विज्ञप्ति जारी गर्दै क्रिकेट खेलाडी संंघ नेपालले उक्त जानकारी दिएको हो । यस वर्ष क्रिकेट क्षेत्रमा उत्कृष्ट विशेष पाँच विधा (वर्ष क्रिकेट खेलाडी महिला र पुरुष, वर्ष उदियमान क्रिकेट खेलाडी, वर्ष उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्ड) मा दिने भनेर छुट्याइएको निश्चित रकम हाल कोरोना नियन्त्रणका लागि सहयोग स्वरुप सरकारलाई दिन लागिएको हो । सम्पूर्ण खेलाडीहरुलाई नेतृत्व गर्दै उक्त रकम प्रदान गर्न लागिएको हो ।



त्यस्तै यस कार्यक्रमको अर्को संस्करण आगामी वर्ष (सन् २०२१) आयोजना गरिने समेत विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।

प्रकाशित : चैत्र १७, २०७६ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?