लकडाउन लम्बिँदै जाँदा खेलाडीहरू पनि झन्डै एक महिनादेखि घरमै छन् । यो फुर्सदलाई पट्यारिलो बन्न नदिन उनीहरू सम्भव भएजति उपाय अपनाइरहेछन् । कोही आफूलाई घरायसी काममा व्यस्त राख्छन् त कोही गीत संगीत सुन्छन्, पुस्तक पढ्छन्, टिभी हेर्छन् ।
कोभिड-१९ को महामारीका बीच २०७६ सालले बिदा माग्दै छ। यो वर्ष नेपाली खेलकुद जगत्का लागि सुखद र दुखद दुवै खालको अनुभव रह्यो। यसै वर्ष १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) सम्पन्न भयो।
कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि लकडाउन गरेसँगै खेलकुदका कार्यक्रम पनि बन्द छन् । सधैं अभ्यास र खेलमा व्यस्त हुने खेलाडीले आफूलाई कसरी फिट राख्ने ?
कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथामका लागि सम्पूर्ण खेलकुद कार्यक्रम बन्द छन्। जसका कारण खेलाडी तथा प्रशिक्षक पनि यतिबेला फुर्सदिला बनेका छन्। सधैं नियमित अभ्यास र खेलका साथै कसरतमा व्यस्त हुने खेलाडीले लकडाउनका बेला कसरी आफूलाई फिट राख्ने?
विश्वव्यापी कोरोना भाइरस (कोभिड १९) का कारण देशमा लकडाउन घोषणा भएपछि खेलाडीहरु फुर्सदिला बनेका छन् । उनीहरुका लागि फुर्सदको समय बिताउने माध्यम टिकटक बनेको छ ।
कोभिड–१९ को नियन्त्रणका लागि क्रिकेट खेलाडी संंघ नेपाल(सीपीएएन) र एनसीसीएस ग्रुपले सरकारको कोरोना रोकथाम कोषलाई ४ लाख ६२ हजार रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ ।
कोभिड–१९ (कोरोना भाइरस)को जोखिम नियन्त्रणका संंसारभरका खेलकुद प्रतियोगिताहरु बन्द गरिएका छन् । खेलकुद प्रतियोगिता बन्द भएसँगै खेलाडीहरु पनि फुसर्दिला भएका छन् । फुर्सदको यो समयमा प्राय खेलाडीहरु घरमै सेल्फ आइसोलेसनमा छन् । सरकारले नेपालभर एक साताका लागि लकडाउन गरेपछि सधैं खेलमा व्यस्त हुने खेलाडीहरु यतिबेला घरभित्रै सिमित भएका छन् ।
कोरोना महामारीका कारण सार्वजनिक सभा समारोहहरु सबै बन्द छन् । कोरोना भाइरस (कोभिड–१९) खेलमा पनि उत्तिकै हाबी भइरहेको छ । संसारभरी नै खेलहरु स्थगित भइरहेका छन् । कोरोना प्रभावका कारण अहिले विश्व खेलकुद जगतमा नै ब्रेक लागेको छ ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले जितेका २०७ पदक मध्ये १०७ पदक महिला खेलाडीका नाममा रहे । अर्थात् यो सागमा पुरुषभन्दा महिला खेलाडीले धेरै पदक हात पारे । १३ औं सागमा महिला खेलाडीहरुले २८ स्वर्ण, ४१ रजत, ३३ कांस्य र टिम खेलबाट ५ पदक जिते । सागमा करातेका जम्मा १९ स्वर्ण पदकका लागि खेल भएका थिए ।