कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राइनो कपको उपाधि आर्मीलाई   

नारायण शर्मा

नवलपरासी — त्रिभुवन आर्मी क्लबले राइनो कपको उपाधि जितेको छ । पूर्वी नवलपरासीको कोल्हुवामा बुधबार सम्पन्‍न फाइनल खेलमा पुलिसलाई १–० गोल अन्तरले हराउँदै आर्मीले उपाधि जितेको हो । 

राइनो कपको उपाधि आर्मीलाई   

आर्मीका लागि सुदिल राईले निर्णायक गोल गरे । पहिलो हाफको ५ मिनेटमा गोल गरेको आर्मीले प्रतियोगिता अवधिभर पुलिसमाथि दबाबमा राख्‍न सफल भयो । प्रतियोगिताको म्यान अफ द म्याच पनि राई नै भए ।


जितसँगै आर्मीले नगद १० लाख रुपैयाँ पायो । उपविजेतामा सिमित पुलिसले ५ लाखमा चित्त बुझायो ।


पुलिसका बुद्धबल तामाङ सर्वाधिक गोलकर्ता,म्यान अफ द सेरिज सुमन अर्याल बने । उनीहरुले जनही २० हजार नगद पुरस्कार प्राप्त गरे ।


मध्यबिन्दु नगरपालिका–४ मा फागुन ५ गतेदेखि गैंडा संरक्षण जोगाऔं भन्ने नाराका साथ प्रतियोगिता सञ्चालन गरिएको थियो ।


राइनो क्लबले आयोजना गरेको प्रतियोगितामा विभागीय टिमसहित १० वटा क्लबहरुले सहभागिता जनाएका थिए ।

प्रकाशित : फाल्गुन १४, २०७६ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?