कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

च्याम्पियन्स लिग : नेपोली र बार्सिलोना बराबरीमा

एएफपी

नेपोली — एन्टोन ग्रिजमनको गोलमा बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ पहिलो लेगमा नेपोलीलाई १–१ को बराबरीमा रोकेको छ । ग्रिजमनले खेलको ५७औं मिनेटमा बराबरी गोल फर्काएका थिए । 

च्याम्पियन्स लिग : नेपोली र बार्सिलोना बराबरीमा

यसअघि ड्रिस मार्टिन्सले गोल गर्दै घरेलु मैदानमा नेपोलीलाई अग्रता दिलाएका थिए । उनले ३० औं मिनेटमा गोल गरे र यो उनको क्लबका लागि १ सय २१ औं गोल रह्यो ।

तस्बिर : रोयटर्स

यसक्रममा उनले क्लबका लागि सर्वाधिक गोल गर्ने मारेक हामसिकको बराबरी गरेका छन् । मंगलबार रातिको खेलको अन्त्यतिर बार्सिलोना १० खेलाडीमा सीमित रह्यो । आरटुरो भिडाल दोहोरो पहेँलो कार्ड खाएर मैदान छाड्न बाध्य रहे ।

प्रकाशित : फाल्गुन १४, २०७६ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?