कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ललितपुर प्याट्रियट्सले भित्र्यायो तीन पाकिस्तानी खेलाडी

कान्तिपुर संवाददाता

काठमाडौँ — एभरेष्ट प्रिमियर लिग(ईपीएल) को डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रियट्सले थप तीन जना विदेशी खेलाडीलाई भित्र्याएको छ । पाकिस्तानका अलराउन्डर हमाद आजम र हसन खान तथा लेफ्ट आर्म सिमर मिर हाम्जालाई टिममा भित्र्याएको ललितपुर प्याट्रियट्सले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

ललितपुर प्याट्रियट्सले भित्र्यायो तीन पाकिस्तानी खेलाडी

यसअघि सन् २०१९ को जनवरीमा इंग्ल्यान्डको ससेक्स काउन्टी क्लबमा अनुबन्ध भएका थिए । त्यस्तै हसन पाकिस्तान सुपर लिगमा क्वेटा ग्लाडियटर्स तथा क्यानडाको ग्लोबल टी–२० लिगमा एडमन्टन रोयल्सबाट खेलेका थिए । उनी सन् २०१८ को यू–१९ विश्वकप क्रिकेटमा पाकिस्तानी टिमका कप्तानसमेत रहेका थिए । त्यस्तै हमाद आजम पाकिस्तानका घरेलु लिग खेलिरहेका खेलाडी हुन् ।

ललितपुर प्याट्रियट्सले यसअघि श्रीलंकाका पूर्वकप्तान उपल थारङ्गालाई भित्र्याइसकेको छ । प्रतियोगिताको नियमअनुसार प्रत्येक टिमले कम्तीमा तीन जना विदेशी खेलाडी राख्नुपर्नेछ ।

ललितपुर प्याट्रियट्सका कप्तान नेपाली राष्ट्रिय टिमका समेत कप्तान रहेका ज्ञानेन्द्र मल्ल हुन् भने टिमको प्रमुख प्रशिक्षक राजु बस्नेत हुन् । एभरेष्ट प्रिमियर लिग आउँदाे मार्च १४ देखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

प्रकाशित : फाल्गुन १२, २०७६ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?