कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्यानचेस्टर सिटीले हरायो लेस्टरलाई

एएफपी

लन्डन — ग्याब्रिएल जेससको निर्णाायक गोलमा म्यानचेस्टर सिटीले शनिबार राति इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई १–० ले हरायो । यो जितले लिगमा सिटीको दोस्रो स्थानमा पकड अझ बलियो भएको छ ।

म्यानचेस्टर सिटीले हरायो लेस्टरलाई

पेप ग्वार्डिओलाले टिमले आफूमाथि युरोपमा खेल्नबाट लागेको दुई वर्षको प्रतिबन्धपछि यो महत्त्वपूर्ण जित निकालेको हो ।

यो जितपछि सिटीले पाँचौं स्थानमा रहेको टोटनहममाथि १७ अंकको अग्रता खोलेको छ ।यो जितले सिटीको ५७ अंक भएको छ । लिभरपुल भने ७६ अंकमा शीर्ष स्थानमा छ ।

प्रकाशित : फाल्गुन ११, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?