कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राइनो कप : शेर्पा सेमिफाइनलमा

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीको कोल्हुवामा जारी राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता शनिबारको खेलमा सोमबार हिमालयन शेर्पाले ३–२ ले इन्द्रेणी एकीकृत विकास केन्द्र पोखरालाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

राइनो कप : शेर्पा सेमिफाइनलमा

पहिलो हाफमा इन्द्रेणी क्लबका अनुप गुरुङले पहिलो गोल गरेका थिए भने पहिलो हाफकै २४ मिनेटमा रोशन राना मगरले दोस्रो गोल गरेका थिए । पहिलो खेलकै ४३ मिनेटमा हिमालय शेर्पाका त्रिदेव गुरुङले पहिलो गोल गरेका थिए ।

दोस्रो हाफमा हिमालय शेर्पाका विजय श्रेष्ठले १ गोल गरी खेललाई बराबरी पुर्‍याएका थिए । खेलको ३० औं मिनेटमा शेर्पाकै त्रिदेव गुरुङले गोल गर्दै हिमालयन शेर्पालाई विजयी गराएका थिए ।


सेमिफाइनल प्रवेश गरेको पुलिसले क्वाटर फाइनलमा एफसी विजयी युथ हेटौंडालाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्र तय गरेको हो भने च्यासल भने खेलमा बाई परेको थियो । खेलमा हिमालयन शेर्पाका विजय श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।


पहिलो सेमिफाइनल अन्तर्गत सोमबार नेपाल आर्मी क्लब र हिमालयन शेर्पाबीच हुने भएको छ । त्यस्तै आउँदो मंगलबार च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीच हुने भएको छ । फाइनल खेल भने बुधबार हुनेछ ।


राइनो क्लब मध्यविन्दु–४ को आयोजना एवं नन्द भाउजु उपभोक्ता समिति मध्यविन्दु–२ को संरक्षणकत्वमा नवलपुरको मध्यविन्दु–२ स्थित राइनो खेल मैदानमा फागुन पहिलो साताबाट प्रतियोगिता जारी रहेको छ । प्रतियोगीता फागुन १४ गते समापन रहने छ ।

राइनो फुटबल प्रतियोगितामा विभागीय टिमसहित ‘ए’ डिभिजनका फुटबल क्लब गरी १० टिमको सहभागिता छ ।

प्रकाशित : फाल्गुन १०, २०७६ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?