कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सलोनी च्याम्पियन

सन्जु पौडेल

तिलोत्तमा — सलोनी तामाङले काठमाडौंकी प्रकृति श्रेष्ठले ६–१, ६–३ को सोझो सेटमा पराजित गर्दै तेस्रो बुटवल खुला टेनिस प्रतियोगितामा उपधि जितेकी छन् । उनले महिला एकलमा उक्त सफलता पाएकी हुन् ।

सलोनी च्याम्पियन

उक्त इभेन्टमा भगवती विक र इन्द्रकला श्रेष्ठ तेस्रो भए । ५५ वर्षमाथिको एकल उपाधि काठमाडौंका विमल गुरुङले जितेका छन् । उनले फाइनलमा पोखराका राजु गुरुङलाई ६–३, ६–० को सोझो सेटमा हराए । पुरुष युगलतर्फ सन्तोष खत्री र प्रदीप खड्काको जोडीले उपाधि जितेको छ । फाइनलमा उनीहरूले नवीन मगर र प्रणव खनालको जोडीलाई ६–७, ७–५, १०–७ को सेटमा पराजित गरे ।


३५ वर्ष उमेरसमूहको युगल उपाधि कमल भण्डारी र चन्द्र शाहीको जोडीले जित्यो । उनीहरूले राजु श्रेष्ठ र दुर्गा केसीलाई ६–२, ६–१ को सोझो सेटमा हराए । ४५ वर्षतर्फ गोपी भट्टराई र धरमसिंह लामिछानेको जोडीले सफलता पायो । फाइनलमा उनीहरूले मनोज राणा र शिव सेढार्इंको जोडीलाई ६–३, ३–६, १०–७ को सेटमा हराए ।


शुक्रबार तीन इभेन्टको फाइनल हुनेछ । पुरुष एकल उपाधिका लागि बुटवलका रितिक राना र आर्मीका प्रणव खनालले प्रतिस्पर्धा गर्नेछन् । रितिकले काठमाडौंका सन्तोष खत्रीलाई ६–२, ६–३ ले र प्रणवले पोखराका नवीन मगरलाई ६–२, ६–० को सोझो सेटमा हराए । ३५ वर्ष माथि कमल भण्डारीले राजु श्रेष्ठ तथा ५५ वर्षतर्फ युगल उपाधिका लागि राजु गुरुङ र वसन्त प्रधानको जोडीले मनोज राणा र ध्रुव गुरुङको जोडीसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित : फाल्गुन ८, २०७६ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?