ए डिभिजन लिग : जावलाखेललाई हराउँदै मनाङ मर्स्याङ्दी तेस्रो स्थानमा

कान्तिपुर संवाददाता

काठमाडौँ — सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम खेलमा जावलाखेल युथ क्बललाई पराजित गर्दै मनाङ मर्स्याङ्दी क्बलले तेस्रो स्थान कायम गरेको छ ।

ZenTravel

अन्तिम खेलमा जावलाखेललाई १—० ले पराजित गर्दै मनाङले तेस्रो स्थान पक्का गरेको हो । मनाङको जितमा निशान लिम्बूले ५७ औं मिनेटमा निर्णायक गोल गरे ।

मनाङले लिगमा १३ खेलमा २८ अंक जोडेको छ । जावलाखेलले १३ खेलमा १९ अंक जोड्दै छैठाैं स्थान बनाएको छ । यसअघि शुक्रबारै भएको अर्को खेलमा थ्रीस्टार क्बलले च्यासल युथ क्लबलाई २—० ले पराजित गरेको छ । थ्री स्टारको जितमा अनन्त तामाङ र भारतीय खेलाडी लाल राम्मवाले गोल गरे । थ्री स्टारले १३ खेलबाट २६ अंक जोडेको छ भने च्यासलले १३ खेलबाट १५ अंक जोडेको छ ।

शुक्रबार बिहान भएको खेलमा हिमालयन शेर्पाले न्यूरोड टीम (एनआरटी)लाई २—१ ले पराजित गरेको छ । एनआरटीका लागि ३० औं मिनेटमा राजेश परियारले गोल गर्दै अग्रता बनाएपनि हार भने टार्न सकेन । शेर्पाका लागि ४१ औं मिनेटमा स्टेफन समिरले गोल गर्दै बराबरी गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा त्रिदेव गुरुङले गोल गर्दै शेर्पालाई जित दिलाए ।१४ अंकसहित शेर्पा १० औं स्थानमा उक्लिएको छ । एनआरटी १५ अंकसहित ९ औं स्थानमा रहृयो ।

शनिबार त्रिभुवन आर्मी क्बल र मच्छिन्द्र क्लबले दशरथ रंगशालामा उपाधिका लागि भिड्ने छन् । दुवै टोली पहिलोपटक उपाधिको खोजीमा हुनेछन् । आर्मीलाई खेल बराबरी गरेमात्रै पुग्नेछ भने मच्छिन्द्रले उपाधि जित्नका लागि खेल जित्नैपर्ने छ ।

प्रकाशित : फाल्गुन २, २०७६ १९:४१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

‘आशिकी-२’ बाट चोरिएकै हो त ‘म यस्तो गीत गाउँछु-२ ?’

कान्तिपुर संवाददाता

काठमाडौँ — फिल्म 'म यस्तो गीत गाउँछु २'को टिम यतिखेर विवादमा तानिएको छ । बिहीबार निर्माण युनिटले सार्वजनिक गरेको ट्रेलर बलिउड फिल्म 'आशिकी-२'बाट चोरिएको भन्दै धेरैले आलोचना गरेका छन् ।

युट्युबमा कतिले त 'आशिकी-'को नेपाली भर्सन भन्दै कमेन्टसमेत गरेका छन्। 'ट्रेलर त आशिकी-२ र अ स्टार इज बनको संयोजन जस्तो लाग्यो' एक दर्शकले ट्रेलरको कमेन्टमा लेखेका छन्।

३ हजार बढी कमेन्टमा अधिकांशले फिल्मको ट्रेलर नै चोरिएको भन्दै चर्को आलोचना गरेका छन्। निर्देशक सुदर्शन भने यी दुई फिल्मसँग आफ्नो फिल्मको ५ प्रतिशत पनि नमिल्ने बताउँछन्।

'केही समूह पछाडि लागेका छन्। फिल्म नै नहेरीकन जे पायो त्यही बोल्नु भनेको त समूह लाग्नु नै हो। यसले मलाई केही फरक पार्दैन। मेरो फिल्मती फिल्मसँग ५ प्रतिशत पनि मिल्दैन,' उनले फोन संवादमा भने,'म्युजिकल फिल्म भन्ने बित्तिकै आशिकी–२ हुन्छ ?'

तर सुदर्शनलाई चोरीको आरोप लाग्नु नयाँ होइन। उनको डेब्यू फिल्म 'मेरो एउटा साथी छ' कोरियन फिल्म 'मिलिनियर्स फस्ट लभ'को हुबहु कपी थियो भने पछिल्लो फिल्म 'रामकहानी' थाई फिल्म 'पीमक'सँग मिलेको थियो।

प्रकाशित : फाल्गुन २, २०७६ १८:२८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×