कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आईटीएफ यू–१८ टेनिस प्रतियोगिता : अभिलाषा र प्रेरणा सेमिफाइनलमा

कान्तिपुर संवाददाता

पोखरा — आईटीएफ जुनियर विश्व वरीयता यू–१८ टेनिस प्रतियोगितामा नेपालका खेलाडीद्वय प्रेरणा कोइराला र अभिलाषा विष्टले बिहीबार विजयी निकालेका छन् । उनीहरू दुवै महिला सिंगलतर्फ सेमिफाइनल पुगेका हुन् ।

आईटीएफ यू–१८ टेनिस प्रतियोगिता : अभिलाषा र प्रेरणा सेमिफाइनलमा

उनीहरूले फाइनल पुग्नका लागि भारतीय र सिंगापुरका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् । प्रेरणाले नेपालकै सलोनी तामाङलाई ७–६ (५), ६–४ को सेटले हराइन् । अभिलाषाले जापानकी अओका नागासावालाई ६–१, ६–४ को सोझो सेटमा रोकिन् ।


भारतकी गर्गी परवरले चिनियाँ सुहाङ लियाङलाई ६–२, ६–२ ले र सिंगापुरकी डिने चोले चीनकी हुवाई चाङलाई ७–५, ६–२ को सेटमा हराएर सेमिफाइनल निश्चित गरे । पुरुषतर्फ भारतीय जस्मिन सिधानाले आफ्नै देशका टोरस रावतलाई ६–२, ६–१ को सेटमा पन्छाए । भारतकै कृष्ण होडाले जापानी खेलाडी साटोरु नाकाजिमालाई पराजित गरे । जापानकासोगो सान्डाले भारतीय आर्यन लक्ष्मणलाई ६–७ (४), ६–०, ६–४ को सेटले हराए । सान्डाले पहिलो सेट टाइब्रेकमा गुमाए पनि त्यसपछि सहजै आफ्नो पक्षमा पारेका थिए । भारतकै अमन दहियाले जर्मनका पउल अर्मिन एलब्रक्टलाई ६–३, ६–३ ले हराए ।


महिला डबल्सतर्फ भारतीय जोडी गर्गी र हृदय साहले मलेसियन हुई ईल सो र नेपालकी सलोनी तामाङको जोडीलाई ६–४ र ६–३ को सेटले हराएर फाइनल तय गरे । हङकङकी इरिका कान्न हगी र भारतीय रिया उबोभेजाको जोडीले नेपालका अभिलाषा र इरा रावतको जोडीलाई ६–३, ६–२ को सेटले पन्छायो । पुरुषतर्फ दुवै भारतीय जोडी फाइनल पुगेको छ । भारतीय अदिय बरदान रोय चौधरी र जैस्मिन सिधाना तथा अमन दहिया र हिरक भोराको जोडी फाइनलमा भिड्‍ने छन् ।

प्रकाशित : फाल्गुन २, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?