ए डिभिजन लिग : जुमानुको ह्याट्रिकसँगै पुलिस क्लबको सहज जित - खेलकुद - कान्तिपुर समाचार

ए डिभिजन लिग : जुमानुको ह्याट्रिकसँगै पुलिस क्लबको सहज जित 

नमिता दाहाल

काठमाडौँ — ए डिभिजन लिग अन्तर्गत बिहीबार बिहान भएको खेलमा नेपाल पुलिसका जुमानु राईले फ्रेन्ड्स क्लबविरुद्ध ह्याट्रिक गरेपछि पुलिसले सहज जित हात पारको छ । 

लिगको अन्तिम चरणको बिहीबार बिहान भएको खेलमा पुलिस क्लबले फेन्ड्स क्लबविरुद्ध ३–० को नतिजा निकालेको हो । पुलिसका लागि खेलको जुमानु राईले ४९ औं, ५६ औं र ८५ औं मिनेटमा गोल गरेका थिए ।

उनको गोलमा पुलिसले खेललाई एकपक्षीय बनाएको थियो । यस जितसँगै पुलिस २० अंकसहित अंक तालिकाको पाँचौं स्थान उक्लिएको छ ।

यस खेलमा जुमानु राई ‘म्यान अफ द म्याच’ घोषित भए ।

प्रकाशित : फाल्गुन १, २०७६ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्

ए डिभिजन लिग : एनआरटीलाई हराउँदै थ्रीस्टार शीर्ष तीनमा

नमिता दाहाल

ललितपुर — एनआरटीलाई १–० ले पराजित गर्दै थ्रीस्टार ए डिभिजन लिगको शीर्ष तीनमा उक्लिएको छ । 

मंगलबार एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफसम्म गोलरहित भएको थियो । खेलको ७७ औं मिनेटमा दिपेश घलेले थ्रीस्टारका लागि निर्णायक गोल गरे ।

जितसँगै थ्रीस्टारले १२ खेलबाट २३ अंक जोडेको छ भने एनआरटीको समान खेलबाट १५ अंक रहेको छ । समान खेलबाट २९ अंकसहित त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा छ ।

प्रकाशित : माघ २८, २०७६ १४:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×