कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकामाथि नेपालको कीर्तिमानी विजय

विनोद पाण्डे

काठमाडौँ — नेपालले अमेरिकामाथि क्रिकेट विश्वकप लिग २ मा कीर्तिमानी विजय हात पारेको छ । अमेरिकालाई बुधबार एकदिवसीय अन्तर्राष्ट्रियको कीर्तिमानी न्युन स्कोर ३५ रनमा अलआउट गरेको नेपालले ५.२ ओभरमै विजय लक्ष्य पुरा गरेको हो ।

अमेरिकामाथि नेपालको कीर्तिमानी विजय


पारस खड्काले १२ बलमा ३ चौका र १ छक्का प्रहार गरी २० तथा दीपेन्द्रसिंह ऐरीले ११ बलमा २ चौका र १ छक्का प्रहार गर्दै अविजित १५ रन बनाएपछि नेपालले विजय लक्ष्य तेस्रो तीब्र गतिमा पुरा गरेको हो । ज्ञानेन्द्र मल्ल १ र सुवास खकुरेल शुन्यमा आउट भएका थिए ।


यसअघि सन्दीप लामिछानेले ६ र सुसन भारीले ४ विकेट लिएपछि टस हारेर ब्याटिङ गर्न आएको अमेरिका १२ ओभरमा ३५ रनमा अलआउट भयो । अमेरिकाले एकदिवसीय अन्तर्राष्ट्रियको न्युन स्कोरको नकरात्मक कीर्तिमानलाई बराबरी गरेको थियो । श्रीलंकाले सन् २००४ मा जिम्बावेलाई हरारेमा ३५ रनमै अलआउट गरेको थियो ।


अमेरिकाले एकदिवसीयमा सबैभन्दा कम बलको सामना गरेको कीर्तिमान पनि बनाएको हो । जिम्बावे २०१७ मा अफगानिस्तानसँग ५४ रनमा अलआउट हुदा १३.५ बलको सामना गरेको थियो ।


सन्दीपले ६ ओभरमा एक मेडन राख्दै ६ रन खर्चेर एकदिवसीय क्रिकेटमा नेपाली बलरको सर्वोत्कृष्ट प्रदर्शन गरे । सोमपाल कामीले गत वर्ष दुबईमा युएईविरुद्ध ३३ रन खर्चेर ५ विकेट लिनु नेपाली बलरले यसअघि एकदिवसीयमा ५ विकेट लिएको कीर्तिमान हो ।


सुसन भारीले ३ ओभरमा १ मेडन राख्दै ५ रन खर्चेर ४ विकेट लिए, जुन नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा तेस्रो उत्कृष्ट बलिङ प्रदर्शन हो । अमेरिकाबाट जेभियर मार्शलले २२ बल खेली २ चौकासहित १६ रन बनाए । अन्य कुनै खेलाडीले ५ रन पनि बनाउन सकेनन् ।


लिग २ मा शीर्ष स्थानका साथ यस शृंखलाको सुरुआत गरेको अमेरिका सबै चार खेलमा पराजित भयो । नेपालले अमेरिकासँगको दुबै खेल जित्यो । ओमानले सबै चार खेल जिति लिग २ को शीर्ष स्थानमा पनि पुगेको छ ।

प्रकाशित : माघ २९, २०७६ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?