कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

अमेरिकाविरुद्ध मक्सुद र इल्यासको शतक, ओमान ‘क्लिन स्विप’ नजिक 

विनोद पाण्डे

काठमाडौँ — कप्तान जिसान मक्सुद र उपकप्तान अकिब इल्यासको शतकमा ओमानले क्रिकेट विश्वकप लिग २ को खेलमा अमेरिकालाई २ सय ७७ रनको विशाल चुनौती तेर्स्याएको छ । अमेरिकाले टस जितेपछि ब्याटिङमा आएको ओमानले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित ५० ओभरमा ६ विकेट गुमाई २ सय ७६ रन बनायो ।

अमेरिकाविरुद्ध मक्सुद र इल्यासको शतक, ओमान ‘क्लिन स्विप’ नजिक 

मक्सुदले १ सय ९ र इल्यासले १ सय ५ रन बनाए । इल्यासको यो लगातार दोस्रो शतक हो । नेपालसँगको खेलमा १ सय ९ र बनाउदै इल्यास एकदिवसीय अन्तर्राष्ट्रिय शतकमा बनाउने ओमान पहिलो खेलाडी बनेका थिए । त्यसलाई निरन्तरता दिँदै मंगलबार पहिला मक्सुदले र त्यसपछि इल्यासले शतक बनाएका हुन् ।


जतिन्दर सिंह ९ र खावर अली १० रन बनाएपछि इल्यास र मक्सुदले तेस्रो विकेटमा २ सय १६ रनको साझेदारी गरे । मक्सुद आउट हुने पहिलो खेलाडी थिए । उनले १ सय ९ बल खेली १० चौका र ४ छक्का प्रहार गरे । मक्सुद र इल्यास दुबैलाई अमेरिका कप्तान सौरभ नेत्राभाल्करले आउट गरे । इल्यासले १ सय २३ बल खेली ११ चौका र १ छक्का प्रहार गरे । सन्दीप गौड १३ रनमा अविजित रहे ।


अमेरिकाबाट नेत्राभाल्कर र रुस्टी थेरोनले ३/३ विकेट लिए । ओमानले यस शृंखलामा लगातार तीन खेल जितेको छ । यसले अमेरिकालाई उछिन्दै ओमानलाई लिग २ को शीर्ष स्थानमा पुर्‍याएको थियो । अमेरिकामाथि आजको अन्तिम खेलमा विजय हात पारेमा ओमानले यस शृंखला २ ‘क्लिन स्विप’ गर्नेछ ।

प्रकाशित : माघ २८, २०७६ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?