कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोपा डेल रे : बार्सिलोना र रियल दुवै बाहिरिए

एएफपी

म्याड्रिड — बार्सिलोना र रियल म्याड्रिड दुवै बिहीबार राति कोपा डेल रेबाट बाहिरिएका छन् । उनीहरूमाथि दुई बास्क क्लब एथलेटिको बिलबाओ र रियल सोसिडाडले स्तब्धपूर्ण नतिजा निकाले ।

कोपा डेल रे : बार्सिलोना र रियल दुवै बाहिरिए

सान मामेसमा भएको खेलमा बार्सिलोना बिलबाओको हातबाट १–० ले पराजित रह्यो । इनाकी विलियम्सले खेलको ९३ औं मिनेटमा नाटकीय गोल गरे ।


सान्टियागो बर्नाबाउमा भएको अर्को खेलमा भने रियललाई सोसिडाडले ४–३ ले हरायो । यी नतिजापछि सन् २०१० यता पहिलोपल्ट कोपा डे रेको फाइनलमा बार्सिलोना र रियलमध्ये दुवै टिम हुने छैनन् ।

प्रकाशित : माघ २४, २०७६ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?