कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पटवालले दिए राजीनामा

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन् । बुधबार सुरु हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ अगाडि उनको राजीनामा आएको हो । उनको राजीनामा भने लिग-२ पछि लागू हुनेछ ।

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पटवालले दिए राजीनामा

लिग-२ मा नेपालले अमेरिका र ओमानसँग २/२ गरी ४ खेल खेल्ने छ । नेपालले पहिलोपटक घरेलु मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो ।


भारतीय पटवाल सात महिना नेपालको मुख्य प्रशिक्षक बनेका थिए । उनलाई जगत टमाटाको स्थानमा ल्याइएको थियो । नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट निलम्बन रहेको अवस्थामा राष्ट्रिय खेलकुद परिषद्सँग नेपालको प्रशिक्षक बन्न पटवालसँग एक वर्षे सम्झौता भएको थियो ।


सम्झौताअनुसार पटवालले मासिक ७ हजार डलर पाउँथे । तर क्यान निलम्बन भएको अवस्थामा पटवाललाई आईसीसीले परिषद्‌मार्फत पारिश्रमिक दिँदै आएको थियो । पटवालले आफूले सम्झौताअनुसारको पारिश्रमिक नपाएको गुनासो गर्दै आएका थिए ।


पटवालले लिग-२ पछि आफूले पद त्याग्न लागेको बन्द प्रशिक्षणका क्रममा टोलीका केही वरिष्ठ खेलाडीहरुलाई बताउँदै आईसीसी र क्यानमा आफ्नो राजीनामा पठाएका थिए ।


पटवालको प्रशिक्षणमा नेपालले खासै राम्रो नतिजा दिन सकिरहेको थिएन । सिंगापुरमा भएको ट्वान्टी–२० विश्वकप छनोटमा नेपाल लज्जास्पद हार व्यहोर्दै बाहिरएको थियो ।


मंसिरमा काठमाडौंमा भएको दक्षिण एसियाली खेलकुदमा पनि नेपालले कांस्य पदक जिते पनि नेपालको प्रदर्शन सन्तोषजनक हुन सकेको थिएन ।

प्रकाशित : माघ २०, २०७६ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?