कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

इंग्लिस प्रिमियर लिग : लिभरपुल १९ अंकले अगाडि

एएफपी

लन्डन — लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बुधबार राति १९ अंकको अद्वितीय अग्रता बनाएको छ । यसका लागि उसले मोहम्मद सलाह र एलेक ओक्सलेड च्याम्बरलिनको गोलमा वेस्ट ह्यामलाई सजिलै २–० ले हरायो ।

इंग्लिस प्रिमियर लिग : लिभरपुल १९ अंकले अगाडि

रेलिगेसनबाट बच्न संघर्षरत वेस्ट ह्याममाथि प्राप्त यो सफलतापछि योर्गन क्लोपको लिभरपुलले लिगका २४ खेलमा २३ औं जित हात पार्न सफल रह्यो ।

लिभरपुलको यो लगातार १६ औं लिग जित पनि हो । युरोपेली तथा विश्व च्याम्पियन लिभरपुल लिगका पछिल्ला ४१ खेलमा अपराजित छ र अब आर्सनलको नाममा रहेको ४९ खेलको अपराजित यात्राको कीर्तिमानबाट केही दूरीमा मात्र छ ।

प्रकाशित : माघ १६, २०७६ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?