कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहिद स्मारक लिगः जितसँगै थ्री स्टार तेस्रो स्थानमा

रासस

काठमाडौँ — हिमालयन शेर्पा क्लबलाई हराउँदै थ्री स्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लेको छ । दशरथ रङ्गशालममा आज भएको खेलमा थ्री स्टारले हिमालयन शेर्पालाई ३–१ गोलले हराएको हो । 

सहिद स्मारक लिगः जितसँगै थ्री स्टार तेस्रो स्थानमा

जितका साथ थ्री स्टारको १४ अ‌ंक भएको छ । थ्री स्टारका लागि सुशील राई, सञ्जोग राई र विदेशी खेलाडी वासीयु ओलादिरानले गोल गरेका थिए भने हिमालयनका लागि स्टेफेन समिरले सान्त्वना गोल गरे । खेलको छैटौँ मिनेटमा थ्री स्टारका सुशील राईले गोल गरे ।


यस्तै खेलको ४४औँ मिनेटमा हिमालयन शेर्पाका स्टेफेन समीरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुर्याए । थ्री स्टारका सञ्जोक राईले खेलको ४५औँ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई २–१ गोलको अग्रता दिलाए ।


दोस्रो हाफमा पनि थ्री स्टारले हिमालयन शेर्पालाई दबाबमा राख्यो । खेलको ५०औँ मिनेटमा वासीयु ओलादिरानले थ्री स्टारका लागि तेस्रो गोल गरे । त्यसपछिको समयमा भने उसले गोल गर्न सकेन । थ्री स्टार आठ खेलमा चार जित, दुईमा बराबरी तथा दुई खेलमा हारका साथ तेस्रो स्थानमा रहन सफल भएको छ ।


यस्तै हिमालयन शेर्पा आठ खेलमा एकमा जित, चारमा हार तथा तीन खेलमा बराबरी खेल्दै सात अङ्कका साथ लिगको ११औँ स्थानमा छ ।

प्रकाशित : माघ ९, २०७६ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?