कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिभरपुलको अग्रता १६ अंक

एएफपी

लन्डन — इंग्लिस प्रिमियर लिगमा लिभरपुलको अग्रताले आइतबार राति १६ अंक छोएको छ । यसका लागि लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई २–० ले हरायो । म्यानचेस्टरमाथि लिभरपुललाई ३० अंकको अग्रता प्राप्त छ ।

लिभरपुलको अग्रता १६ अंक

एनफिल्डमा प्राप्त जितमा भर्जिल भान डाइक र मोहम्मद सलाहले गोल गरे । अक्टोबरमा म्यानचेस्टरसँग बराबरीमा रोकिएयता लिभरपुलको यो लगातार १३ औं जित हो ।


यो जितले ३० वर्षयता पहिलो पल्ट लिग उपाधि जित्ने लिभरपुलको अभियान अझ बलियो भएको छ । म्यानचेस्टर भने शीर्ष स्थानबाट चार अंकको दूरीमा पाँचौंमा रह्यो ।

प्रकाशित : माघ ६, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?