कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्वान्टी–२० विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कन चाहन्छन् डी भिलियर्स

एएफपी

ब्रिसबेन — दक्षिण अफ्रिकी स्टार एबी डी भिलियर्सले ट्वान्टी–२० विश्वकपका लागि आफू अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कन इच्छुक रहेको बुधबार बताएका छन् । तर उनले यसक्रममा आफू दक्षिण अफ्रिकी टिममा पर्ने भने निश्चित हुन नसक्ने पनि स्विकारे । उत्कृष्ट ब्याटिङका पर्याय डी भिलियर्सले सन् २०१८ मा सन्यास लिएका थिए ।

ट्वान्टी–२० विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कन चाहन्छन् डी भिलियर्स

उनले आफ्नो १४ वर्ष लामो करियरलाई पूर्णविराम लगाउने क्रममा थाकेको दाबी गरेका थिए । आफ्नो खेलजीवनमा उनलाई विश्व क्रिकेटकै सबैभन्दा उत्कृष्ट खेलाडीमध्ये एक मानिएको थियो । गत वर्ष एकदिवसीय विश्वकपका लागि पनि डी भिलियर्सले आफ्नो उपलब्धताबारे जानकारी दिएका थिए ।


तर दक्षिण अफ्रिकी पदाधिकारीले उनको यो उपलब्धताको सूचना निकै ढिला मात्र आएको र उनलाई रोज्दा यसअघिदेखि खेलिरहेका खेलाडीलाई अन्याय हुने बताउँदै डी भिलियर्सलाई रोज्न अस्वीकार गरेको थियो । ३५ वर्षे खेलाडीले ट्वान्टी–२० विश्वकप सुरु हुन पर्याप्त समयअगाडि नै आफ्नो मनसाय खुलाएका छन् ।

‘टिममा मेरो छनोट अगाडि धेरे प्रक्रिया पूरा हुन बाँकी छ,’ उनले ब्रिसबेन हिटका लागि बिग बासमा खेल्दै भनेका छन्, ‘तर म पक्कै पनि दक्षिण अफ्रिका लागि फेरि एकपल्ट खेल्न चाहन्छु ।’

प्रकाशित : माघ २, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?