चन्द्रागिरि र ललितपुर च्याम्पियन

काठमाडौँ — चन्द्रागिरि नगरपालिका र आयोजक ललितपुर महानगरपालिकाले महानगर कप भलिबलको उपाधि जितेका छन् । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शुक्रबार महिलाको फाइनलमा चन्द्रागिरिले ललितपुर महानगरलाई प्रतिस्पर्धात्मक खेलमा २३–२५, २५–१९, २५–१८, २१–२५, १५–९ ले हराएर उपाधि जित्यो । 

चन्द्रागिरि र ललितपुर च्याम्पियन

पुरुषतर्फ ललितपुरले चौतारा साँगाचोकगढी नगरपालिकालाई २३–२५, २५–२०, २५–२१, २५–१२ को सेटमा पराजित गर्‍यो । उपाधि विजेता चन्द्रागिरि र ललितपुरले समान २ लाख पाए । तेस्रो स्थानमा पुरुषतर्फ महालक्ष्मीले कमलामाई नगरपालिकालाई १९–२५, २५–१७, २५–१९, २४–२६, १५–१० को सेटमा हरायो ।

विधागततर्फ ललितपुरका हरि पाण्डे सर्वोकृष्ट खेलाडी भए । उनले १० हजार पाए । ललितपुरका योगेन्द्र गुरुङ स्पाइकरमा, महालक्ष्मीका शरद रावल ब्लकरमा, हरिश बुढाथोकी डिफेन्समा र आयुश खड्का सर्भरमा, चौताराका विश्वास आले सेटर र ललितपुरका मनोज खड्का प्रशिक्षकमा उत्कृष्ट चुनिए ।


महिलातर्फ चन्द्रागिरिकी झरना श्रेष्ठ सर्वोकृष्ट खेलाडी घोषित हुँदै १० हजार जित्न सफल भइन् । ललितपुरका शर्मिला नेपाली स्पाइकर, पवित्रा सिर्पाली ब्लकर, चन्द्रागिरिका प्रतीक्षा गुरुङ सेटर, पनामिका राई सर्भर, ललितपुरकी विमला सुनुवार डिफेन्स र चन्द्रागिरिका कुमार राई प्रशिक्षकमा उत्कृष्ट चुनिए ।

ललितपुर महानगर स्थापनाको १ सय १ वर्षको अवसरमा ललितपुर महानगरपालिकाले आयोजना गरेको प्रतियोगिताको व्यवस्थापन जावलाखेल भलिबल ट्रेनिङ सेन्टरले गरेको हो । विजेता खेलाडीलाई महानगर प्रमुख चिरिबाबु महर्जनले पुरस्कृत गरे ।

प्रकाशित : पुस २६, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?