कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुसनको ह्याट्रिक विकेट

इटहरी — मनमोहन मेमोरियल लिग (एमएमएल) एकदिवसीय रािष्ट्रय क्रिकेटमा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हात पारेको छ । इनरुवामा जारी प्रतियोगितामा मंगलबार आयोजक टिम मनमोहन क्रिकेट सेन्टर प्रदेश १ ले छाडेको ५७ रनको झिनो लक्ष्य आर्मीले ५ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गर्‍यो । 

सुसनको ह्याट्रिक विकेट

जितसँगै आर्मी समूह ‘ए’ बाट सेमिफाइनल पुगेको छ । आर्मीका ओपनर कुशल मल्लले ३५ र हरिकृष्ण झाले २० रन बनाए । कुशलले ५ चौका र २ छक्का प्रहार गरे । हरिकृष्णले २ चौका र १ छक्का प्रहार गरे । टस जितेर ब्याटिङ रोजेको आयोजक टिम १९.३ ओभरमा सबै विकेट गुमाई ५६ रनमा समेटिएको थियो ।



आयोजकका लागि ओपनर सुशान्त तिमिल्सिनाले १५ र सोनु मण्डलले १३ रन जोडे । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक बनाउन सकेनन् । आर्मीका देव्रेहाते स्पिनर सुसन भारी एक्लैले ७ विकेट लिए । उनले आठौं ओभरको दोस्रो बलमा सुशान्त, तेस्रो बलमा अल्फाज मन्सुरी र चौथो बलमा सरोज बस्नेतको विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए ।


उनले ८.३ ओभरमा ३ मेडन राख्दै १६ रनमात्र खर्चेका थिए । हरिबहादुर चौहानले २ र शाहब आलमले १ विकेट लिए । आर्मीका सुसन भारी म्यान अफ द म्याच घोषित भए । बुधबार नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : पुस २३, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?