कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिभरपुलले पूरा गर्‍यो हारहीन एक वर्ष

(एएफपी)

लिभरपुल — लिभरपुलले बिहीबार इंग्लिस प्रिमियर लिगमा पूरा एक वर्ष हारहीन यात्रा पूरा गरेको छ । यसका लागि उसले एनफिल्डमा भएको खेलमा सेफिल्ड युनाइटेडलाई २–० ले हरायो ।

लिभरपुलले पूरा गर्‍यो हारहीन एक वर्ष

यसमा इजिप्टका फरवार्ड मोहम्मद सलाह र सेनेगलका विङ्गर साडियो मानेले गोल गरे । यो जितपछि योगर्न क्लोपको लिभरपुलले शीर्ष स्थानमा फेरि १३ अंकको अग्रता लिएको छ ।

लिभरपुलले यो सिजन लिगका २० खेलमध्ये जित हात पारेको यो १९ औं हो । यससँग क्लबले लिगमा कुनै पनि खेल नगुमाएर एक वर्ष पूरा गरेको छ ।


सन् २०१९ को जनवरी ३ मा लिभरपुल अन्तिम पटक म्यानचेस्टर सिटीविरुद्धको लिग खेलमा पराजित भएको थियो । त्यसपछिका ३७ खेलमा कुनै हारको सामना गर्नु परेको छैन ।


अब लिभरपुलले सन् १९९० या पहिलो पटक लिग जित्ने लगभग निश्चित देखिएको छ । उसले दोस्रोमा रहेको लेस्टर सिटी र तेस्रोमा रहेको म्यानचेस्ट सिटीको तुलनामा एक खेल पनि कम खेलेको छ ।

यस्तै सन् २०१७ को अप्रिलयता लिभरपुलले आफ्नो घरेलु मैदान एनफिल्डमा कुनै लिग खेल गुमाएको छैन र यो अपराजित यात्राले ५१ खेल छोएको छ ।


लिभरपुलले यसैबीच युरोपेली च्याम्पियन्स लिग र क्लब वर्ल्डकप जितिसकेको छ ।

प्रकाशित : पुस १८, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?