कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रेष्ठ र खड्काको जोडी प्रथम

पृथ्वी–लक्ष्मी राई ब्याडमिन्टन ओपन च्याम्पियनसिप  
प्रदीप मेन्याङ्बो

सुनसरी — धरानमा शनिबार सम्पन्न पृथ्वी–लक्ष्मी राई ब्याडमिन्टन ओपन च्याम्पियनसिपमा सिनियर डबल्सतर्फ सुजन श्रेष्ठ र देवेन्द्र खड्काको जोडी प्रथम भएको छ । उनीहरुले नगद २५ हजार रुपैयाँ र प्रमाणपत्र हात पारे । 

श्रेष्ठ र खड्काको जोडी प्रथम

धरान–१३ अमरहाटस्थित अमर सेवा समाजको कवर्ड हलमा सम्पन्न ब्याडमिन्टन प्रतियोगितामा शेष लिम्बू र उदय थापाको जोडी दोस्रो, शम्भु राई र सूर्य श्रेष्ठको जोडी तथा राजकुमार थोप्रा र चोलाप्रसाद आचार्यको जोडीले तेस्रो स्थान हासिल गर्यो ।


यसैगरी भेट्रान्स डबल्सतर्फ टेकप्रसाद लिम्बू र विकास राई प्रथम, धनबहादुर मगर र जन बस्नेतको जोडी द्वितीय, दुर्गाहाङ राई र कृतिमान राई तथा विशाल पाहिम र यमबहादुर राईको जोडी तृतीय भए ।


यसैगरी राइजिङ डबल्समा भेषराज मगर र जीवन लिम्बुको जोडी प्रथम, लेख राई र जीवन पतङ्वाको जोडी द्वितीय, राजकुमार मावो र देवराज राई तथा दिनेश चौधरी र प्रविण क्षेत्रीको जोडी तृतीय भए । सिनियर डबल्सबाट बेस्ट प्लेयर सुजन श्रेष्ठ घोषित भए ।

प्रकाशित : भाद्र ७, २०७६ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?