२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सुदूरपश्चिममा संसदीय समिति थप्‍न नियमावली संशोधन गर्ने तयारी

डीआर पन्त

धनगढी — सुदूरपश्चिम प्रदेशसभामा संसदीय समिति थप गर्न नियमावली संशोधन गर्ने उद्देश्यले छलफल सुरु गरिएको छ । नागरिक उन्मुक्ति पार्टीले दुईवटा समितिको सभापति माग गरेका कारण सुदूरपश्चिम प्रदेशसभामा दुईवटा समिति थप्ने तयारी अनुरुप छलफल अगाडि बढाइएको हो ।

सुदूरपश्चिममा संसदीय समिति थप्‍न नियमावली संशोधन गर्ने तयारी

नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रम सिंह धामीको नेतृत्वमा रहेको नियमावली संशोधन मस्यौदा समितिले विभिन्न पक्षमा छलफल सुरु गरेको हो ।

समितिले प्रदेशसभा नियमावली २०७४ लाई आवश्यक संशोधन गर्न छलफल सुरु गरेको प्रमुख सचेतक धामीले बताए । समितिले भदौ १६ गतेसम्म मस्यौदा टुंग्याउने गरी काम गरिरहेको पनि धामीले बताए ।

नियमावली संशोधन गरी प्रदेशशभामा ६ वटा समिति पुर्‍याइने र थपेका दुई समिति नागरिक उन्मुक्ति पार्टीलाई दिइने सहमति यसअघि नै भइसकेको छ । हाल प्रदेशसभामा सामाजिक विकास समिति, लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति, विधायन तथा प्रदेश मामिला समिति रहेका छन् ।

प्रकाशित : भाद्र १०, २०८० १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?