दार्चुलामा माटोको ढिस्कोमा पुरिएर दुई महिला घाइते

मनोज बडू

दार्चुला — लेकम गाउँपालिका–५ मा माटोमा ढिस्कोमा पुरिएर दुई जना महिला घाइते भएका छन् । माटो खस्ने क्रममा शनिबार दिउँसो माटोको ढिस्कोले पुरिएर एक महिला भने गम्भीर घाइते भएकी छन् ।

लेकम गाउँपालिका–५ मैखोली अम्कुरका ईश्वरी जोशी र माहाना जोशी घाइते भएका लेकम गाउँपालिका–२ का वडाध्यक्ष शिवराज जोशीले बताए ।

दुइवटै जनालाई तत्काल स्थानीयले उद्धार गरी घाइतेमध्ये ईश्वरीलाई एम्बुलेन्सबाट उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको उनले जानकारी दिए । माहानाको स्वास्थ्य अवस्था समान्य रहेको छ ।

प्रकाशित : पुस १६, २०७९ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्

त्रिवेणी कप : सर्लाही र चितवन सेमीफाइनल प्रवेश

आश गुरुङ

लमजुङ — बेंसीसहरमा जारी त्रिवेणी कपको ३० औं संस्करण अन्तर्गत शनिबारको खेलबाट बाग्मती युवा क्लव सर्लाही र रोड्स रामपूर चितवन सेमीफाइनल प्रवेश गरेको छ । निर्धारित र थप समयमा पनि कुनै गोल हुन नसकेपछिको टाइब्रेकरमा बाग्मती सर्लाहीले टोखा भगवती काठमाडौंलाई ५–४ गोलले हरायो ।

सर्लाहीको जितमा देवा गुरुङ, अमर श्रेष्ठ, दिपेश चाम्लिङ राई, अनिल राना र सुमन चाम्लिङ राईले गोल गरे । ६ जनामध्ये अभिनास स्याङताङले गोल गर्न चुके ।

उक्रेन शेर्पा, रजत तिवारी, दिपेश गुरुङ, बिल्ले (विदेशी) ले गोल गरे पनि एन्सन (विदेशी) र सजनले गोल गर्न नसक्दा टोखा भगवती क्वाटरफाइनलबाट बाहिरिनु पर्‍यो । उक्त खेलमा बाग्मती सर्लाहीका आयुस राना म्यान अफ दिन म्याच घोषित भए । उनले २ हजार ५ सय रुपैयाँ नगद र ट्रफि पाए ।

दोस्रो खेलमा रोड्स रामपुर चितवनले बीरगञ्ज युनाइटेडलाई २–१ गोले हरायो । बीरगञ्जका अमर डंगोलले पहिलो हाफको २३ मिनेटमा गोल गरे पनि त्यसपछि कुनै गोल गर्न नसक्दा सेमीफाइनलको यात्रा चुकायो । रोड्स रामपुरका डिका सर्जे (विदेशी) ले पहिलो हाफको २७ मिनेटमा बीरगञ्जसंग बराबरी बनाए । ३६ मिनेटमा सुरेश कुमालले गरेको गोल रोड्सका लागि निर्णायक बन्यो । रोड्सका सुरेश कुमाल म्यान अफ दिन म्याच घोषित भए । उनले पनि २ हजार ५ सय रुपैयाँ नगद र ट्रफि पाए ।

आइतबार डिफेन्डिङ च्याम्पियन (साविक विजेता) बुद्ध युथ क्लव भोटेओडार लमजुङले सामना फुटवल क्लव तुरतुरेको सामना गर्नेछ । यस्तै समाजसेवा काठमाडौं र नखिपोट काठमाडौं सेमीफाइनलका लागि मैदानमा उत्रने आयोजक त्रिवेणी युवा क्लवका अध्यक्ष विनोद गुरुङले बताए ।

प्रकाशित : पुस १६, २०७९ १८:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×