कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

कैलालीमा सामूहिक बलात्कार आरोपमा दुई युवक पक्राउ

अर्जुन शाह

धनगढी — कैलालीको गोदावरी नगरपालिकाकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा स्थानीय दुई जना युवक पक्राउ परेका छन् ।

चार दिनअघि स्थानीय सेहरी जंगलमा बालिकामाथि सामूहिक बलात्कार भएको आरोप छ । बलात्कार आरोपमा स्थानीय १९ वर्षीय विनोद खत्री र २४ वर्षीय नवीन चौधरीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार बलात्कृत बालिकाको स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको र आरोपितको जिल्ला अदालतबाट म्याद थप भएर प्रक्रिया अघि बढेको छ ।

प्रकाशित : मंसिर २१, २०७९ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?