कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भीरबाट लडेर दार्चुलामा एक जनाको मृत्यु

मनोज बडू

दार्चुला — भीरबाट लडेर दार्चुलामा  एक जनाको मृत्यु भएको छ। व्यास गाउँपालिका–३ तुसरपानीका ५० वर्षीय डम्मरसिंह डडालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेश शाहीका अनुसार शुक्रबार घाँस काट्ने क्रममा भीरबाट लडेर डडालको मृत्यु भएको हो । शुक्रबार नै प्रहरी घटनास्थलतिर गए पनि अहिलेसम्म सदरमुकाम फर्किइसकेका छैनन् ।

प्रकाशित : मंसिर १७, २०७९ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?