धनगढीमा निषेधाज्ञा जारी- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनगढीमा निषेधाज्ञा जारी

अर्जुन शाह

धनगढी — धनगढीमा ग्रेडरले च्यापेर बिहीबार बिहान एक बालिकाको मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शनबाट शान्ति सुरक्षा अवस्था बिग्रिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा निषेधाज्ञा जारी गरेको छ । बिहीबार साँझ ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

ग्रेडरले कुल्चिएर हसनपुुरस्थित पञ्चोदय मावि कक्षा-८ मा अध्ययनरत बैतडी डिलासैनी गाउँपालिका ६ का गणेश साउदकी छोरी १५ वर्षीया छात्रा चेतनाको बिहीबार बिहान घटनास्थलमै मृत्य भएको थियो । घटनापछि धनगढीका विभिन्न ठाउँमा विद्यार्थीहरू आन्दोलित भएका छन् ।

उनीहरूले सडकमा टायर बाल्दै जिल्ला प्रहरी कार्यालय अगाडि पनि प्रदर्शन गरेका थिए । शान्ति सुरक्षाको अवस्था थप बिग्रन नदिन निषेधाज्ञा जारी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले बताए । निषेधाज्ञाको समयमा ५ जनाभन्दा बढी व्यक्तिहरू आवतजावत गर्न; भेला, प्रदर्शन, घुमफिर गर्न; सवारी साधन चलाउन निषेध गरिएको छ ।

हसनपुर पिपलचौतारा नजिक पानीपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर बालिकाको मृत्यु भएको थियो । चालक भने अहिले प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित : मंसिर १५, २०७९ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्

हत्या आरोपमा बाजुरामा वडाध्यक्ष पक्राउ

अर्जुन शाह

धनगढी — बाजुरामा हत्यामा संलग्न रहेको आरोपमा त्रिवेणी नगरपालिका-७ का वडाध्यक्ष जुद्धबहादुर अयडी पक्राउ परेका छन् । मतदानको दिन कुटपिट गरी त्रिवेणी नगरपालिका-७ का चेतन अयडीको हत्यामा संलग्न भएको आरोप वडाध्यक्ष अयडीलाई पक्राउ गरिएको डीएसपी सूर्य थापाले बताए ।

हत्यामा संलग्न रहेको आरोपमा वडाध्यक्ष अयडीसहित २२ जनाको नाममा किटनी जाहेरी छ । हालसम्म पाँच जना पक्राउ परेका र अन्यको खोजी भइरहेको प्रहरीले बताएको छ । वडाध्यक्ष अयडी नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।

त्रिवेणी-७ को नाटेश्वरी आधारभूत विद्यालयमा मतदानको विवादलाई लिएर दुई जनाको मृत्यु भएको थियो । प्रहरीको गोलीबाट कांग्रेस समर्थक रहेका स्थानीय सञ्जीव अयडीको मृत्यु भएको थियो । सञ्जीवको मृत्युपछि कांग्रेस समर्थकहरुले एमाले समर्थित अनेरास्ववियुका केन्द्रीय सदस्य रहेका चेतनलाई राति घरमै गएर कुटपिट गरी हत्या गरेका थिए ।

प्रकाशित : मंसिर १५, २०७९ १९:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×