बैतडीमा किशोरीको शव फेला

तृप्ति शाही

बैतडी — बैतडीमा एक किशोरीको शव फेला परेको छ । घाँटीमा धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

मृत फेला पर्नेमा पञ्चेश्वर गाउँपालिका-४ का धनी लुहारकी २१ वर्षीय छोरी माया लुहार रहेकी छन् । उनको शव शिवनाथ गाउँपालिका-६ को शिवनाथ मन्दिर नजिकै टेलिफोन टावरमा फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै, पञ्चेश्वर-४ कै भरत लुहारकी १५ वर्षीय छोरी नेहा लुहारको घाँटीमा धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवत्ता लोकराज जोशीले बताए । घाइले नेहालाई पन्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सिमानाको बालाडागा भन्ने स्थानमा खोजीको क्रममा स्थानीय र प्रहरीले भेटाएका थिए ।

घाइते अवस्थामा भेटिएकी नेहालाई उपचारका लागि धनगढी लगिएको छ । दुवै जना घरबाट लुगा सिलाउन भनेर मंगलबार बिहान १० बजेतिर घरबाट निस्केका थिए । बिहानसम्म पनि उनीहरू घर नफर्किएपछि आफन्त र प्रहरीले खोजी गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर १४, २०७९ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?