कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेशसभा बैतडी (१) मा एमालेका पाल विजयी 

तृप्ति शाही

बैतडी — बैतडी प्रदेशसभा (१)मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाल विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई १ हजार ८१३ मतले पछि पार्दै पाल विजयी भएका हुन् । 

प्रदेशसभा बैतडी (१) मा एमालेका पाल विजयी 

विजयी पालले १२ हजार ८३१ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार भण्डारीले ११ हजार १८ मत प्राप्त गरे ।

नेपाली कांग्रेसका वीरबहादुर बिष्टले १० हजार ९५३ मत प्राप्त गरे ।

प्रकाशित : मंसिर ८, २०७९ ००:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?