दैलेखमा पिङबाट खसेर एक जनाको मृत्यु

ज्योति कटुवाल

दैलेख — दैलेखमा पिङ खेल्ने क्रममा खसेर एक जनाको मृत्यु भएको छ । दैलेखको नारायण नगरपालिका वडा नं ६ काँडाचौर बसपार्कस्थित पिङ खेल्ने क्रममा पिङबाट खसेर १८ वर्षीय नवराज बोगटीको मृत्यु भएको हो ।

बुधबार दिउँसो ४ बजेतिर पिङ खेल्ने क्रममा खसेर घाइते भएका बोगटीको जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले बताए ।

प्रकाशित : कार्तिक ९, २०७९ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?