२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

बैतडीको डिलाशैनी गाउँपालिका केन्द्रमा पुग्यो बिजुली

तृप्ति शाही

बैतडी — बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्रमा बिजुली पुगेको छ । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइन गाउँपालिकाको केन्द्रमा विस्तार गरिएपछि गाउँपालिकाको केन्द्रमा विद्युत पुगेको हो ।

बैतडीको डिलाशैनी गाउँपालिका केन्द्रमा पुग्यो बिजुली

सोमबार लक्ष्मीपूजाका दिन पालिकाको केन्द्र धामीगाउँमा पहिलोपटक बिजुली बालिएको गाउँपालिकाका प्रवक्ता यज्ञ भट्टले बताए । उनका उनुसार धामीगाउँमा रहेको पालिकाको केन्द्रमा बत्ती बालिएको छ । अब अन्य ठाउँमा लाइन विस्तारको काम अगाडि बढाइने बताइएको छ ।

लामो समयदेखि अन्धकारमा रहेका बस्तीमा तिहारकै बेला बिजुली बलेपछि स्थानीयहरू उत्साही भएका छन् । गाउँपालिकाले उज्यालो डिलाशैनी बनाउने अभियान अन्तर्गत विद्युत विस्तार कार्यलाई तिव्रता दिएको जनाएको छ । केही समयअघि मात्रै पालिकाको वडा नम्बर ५ मा विद्युत विस्तार गरिएको थियो ।

नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइन वडा नं ५ र गाउँपालिका केन्द्रमा समेत बिजुली पुगिसकेको छ । अब पालिकाका अन्य बस्तीमा पनि विद्युत विस्तार भइरहेको बताइएको छ । पालिकाका विद्युत विस्तार नभएका सबै वडाहरुमा विद्युत विस्तार गर्ने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : कार्तिक ८, २०७९ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?