१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३३३

चिकित्सकलाई दुर्व्यवहार गर्ने युवक पक्राउ

मनोज बडू

दार्चुला — जिल्ला अस्पतालका चिकित्सकमाथि दुर्व्यवहार गर्ने एक जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार दिउँसो मदिरा सेवन गरी अस्पताल पसेका महाकाली नगरपालिका–५ का ३० वर्षीय प्रेमसिंह धामीले चिकित्सकमाथि दुर्व्यवहार गर्दा नियन्त्रण लिइएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार जिल्ला अस्पतालमा कार्यरत डा.जफर अन्सारीमाथि दुर्व्यवहार गरेको आरोपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेशबहादुर शाहीले बताए ।

ती युवक मदिरा सेवन गरी दिउँसो अस्पताल पसेको हुनाले डाक्टर अन्सारीले मदिरा सेवन गरेर अस्पतालमा नआउन आग्रह गर्दा दुर्व्यवहार गरेको बताइएको छ । चिकित्सकमाथि दुर्व्यवहार गर्ने धामीलाई नियन्त्रण लिई घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : आश्विन २८, २०७९ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?