दार्चुलामा वडाध्यक्षसहित १९ जना जुवाडे पक्राउ- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दार्चुलामा वडाध्यक्षसहित १९ जना जुवाडे पक्राउ

मनोज बडू

दार्चुला — प्रहरीले एकैदिन दार्चुला सदरमुकामका दुई ठाउँमा छापा हान्दा १९ जना जुवाडेलाई पक्राउ गरेको छ । महाकाली नगरपालिका–४ तिंकरखेडा र वडा नम्बर ४ कै बांगाबगरबाट वडाध्यक्षसहित १९ जना पक्राउ परेका हुन् । 

तिंकरखेडास्थित प्रेमसिंह बुढाथोकीको घरमा जुवा खेलिरहेका ११ जनालाई सोमबार दिउँसो पक्राउ गरिएको तथा बांगाबगरबाट थप ८ जनालाई राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पक्राउ पर्नेमा महाकाली नगरपालिका–१ का अध्यक्ष मोहन महरा, व्यास गाउँपालिका कार्यपालिका सदस्य असपाल बुढाथोकीसमेत छन् ।

यस्तै प्रेमसिंह बुढाथोकी, शंकर बुढाथोकी, सुरेन्द्र धामी, कमलसिंह धामी, नरेन्द्र सिंह ठगुन्ना, भुवनेश बुढाथोकी, चक्र बुढाथोकी, मुकेश बोहरा, राजेन्द्रसिंह डडाल, इन्टुक लामा, रामसिंह कार्की, चन्द्रसिंह महरा, दानसिंह कार्की, मदनसिंह महरा, सुरेन्द्रसिंह महरा, धिरेन्द्रसिंह महरा र ध्रुवसिंह महरा पक्राउ परेका छन् ।

जुवा खेलिरहेका उनीहरुको साथबाट नगद ४ लाख ५३ हजार ४३० रुपैयाँ बरामद गरिएको प्रहरी निरीक्षक शाहीले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन १८, २०७९ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्

दुर्गा झाँकीले दसैंको रौनक [तस्बिरहरु]

तस्बिर : मनोज पौडेल

कपिलवस्तु — गाउँघर र सहर बजारमा निकालिएको दुर्गा झाँकीले दसैंको रौनक बढाएको छ । यहाँ ठाउँ ठाउँमा दुर्गा झाकीले अहिले गाउँघर, चोक, सहर बजार झकीझकाउ बनेको छ । दुर्गा पूजा गर्नेको चहलपहलसँगै रौनकता थपेको छ । बिहान साँझ र विशेषगरी रातिका बेला दुर्गा पूजा गर्नेको घुइँचो हुने गरेको छ ।

झाँकी स्थलमा पुरोहित राखेर पूजाआजा गर्ने गरिएको छ । त्यस बखत श्रद्धालुको भीड हुन्छ । माईक बजाएर भर्जन र धार्मिक गीत बजाउँदा दसैंको माहोल बनेको छ । साँच्चै दसैंको माहोल बनेको छ । दक्षिणी क्षेत्रका सदरमुकाम तौलिहवा, बर्रोहिया, लवनी, महाराजगंज, बहादुरगंज, चन्द्रौटा र कृष्णनगरमा दर्जनौं झाँकी निकालिएको छ । पूजाआजा गर्न भीड बढेपछि दसैंको माहोलको रौनक बनेको देखिन्छ । दुर्गा झाँकी सप्तमीबाट निकालिएको छ । एकादशीका दिन असोज २० गते नदी, तलाउमा लगेर धार्मिक विधिपूर्वक विसर्जन गरिन्छ ।


प्रकाशित : आश्विन १८, २०७९ १६:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×