कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अवैध समान बरामद

कान्तिपुर संवाददाता

धनगढी — धनगढीस्थित सशस्त्र प्रहरी बलको ३४ नम्बर गण हेडक्वार्टरबाट खटिएको टोलीले १८ लाख मूल्य बढीको अवैध सामान सोमबार बिहान बरामद गरेको जनाएको छ ।

भन्सार छलेर अवैध रूपमा बोलेरो जिपमा भारतबाट ल्याइँदै गरेका किराना, कम्प्युटर पार्ट्स, लेडिज कपडा बेवारिसे अवस्थामा जिपसहित बरामद गरिएको गणपति धनबहादुर सिंहले बताए । कुल १८ लाख २२ हजार मूल्य बराबरका ती सामान भन्सार कार्यालय त्रिनगरमा बुझाइएको गणपति सिंहको भनाइ छ । दसैंलगायत मुख्य चाडबाडको बेला र भारतसँग सीमा छुट्याउने मोहना नदीमा पानीको बहाव घट्न थालेपछि विभिन्न मार्गबाट अवैध रूपमा सामान भित्र्याउने समूहहरू सक्रिय भएको सुरक्षाकर्मीहरूले बताएका छन् ।

प्रकाशित : आश्विन १२, २०७९ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?