कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिनिधिसभा नपाए बैतडीमा कांग्रेस एक्लै लड्ने

कान्तिपुर संवाददाता

बैतडी — नेपाली कांग्रेस बैतडीले गठबन्धनका नाममा प्रतिनिधिसभाको उम्मेदवार अन्य दललाई दिए मान्य नहुने निर्णय गरेको छ । सोमबार कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दको अध्यक्षतामा पदाधिकारीहरूको काठमाडौंमा बसेको बैठकले प्रतिनिधि सभामा एकमात्र सिट रहेको बैतडी कांग्रेसको भागमा नपरे गठबन्धन नमान्ने निर्णय गरिएको जनाएको छ ।

प्रतिनिधिसभा नपाए बैतडीमा कांग्रेस एक्लै लड्ने

‘प्रतिनिधिसभाको सिट कांग्रेसको भागमा परेन भने अन्य दललाई जिताउन सकिदैन,’ कांग्रेस जिल्ला सचिव देवराज जोशीले भने, ‘बैतडी कांग्रेसको भागमा पर्नुपर्छ भन्ने हाम्रो अडान हो । त्यसो हुन सकेन भने हामी एक्लै चुनाव लडौं तर गठबन्धनमा जाँदैनौं ।’

चुनाव जिताउनका लागि गठबन्धन हुनपर्ने भन्दै उनले हार्ने गठबन्धनको औचित्य नभएको बताए । जिल्लाको निर्णय पार्टी केन्द्रलाई समेत जानकारी गराएको भन्दै उनले सभापति चन्दलाई प्रतिनिधिसभा उम्मेदवार बनाएर प्रदेशसभा उम्मेदवार अन्य दललाई दिए जिताउन सहज हुने बताए ।

हार्ने चुनावका लागि गठबन्धन गर्नुभन्दा एक्लै लड्ने तयारी गरिरहेको उनको भनाइ थियो । बैतडीमा कांग्रेस र माओवादी केन्द्रले प्रतिनिधिसभामा उम्मेदवारी दाबी गरिरहेका छन् ।

प्रकाशित : आश्विन ११, २०७९ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?