कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दार्चुलामा जिप दुर्घटना, १ को मृत्यु

दार्चुला — दार्चुलामा बिहीबार साँझ जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । लटिनाथबाट मकरिगाड जाँदै गरेको म १ ज २३३ नम्बरको जिप अपिहिमाल गाउँपालिका वडा नम्बर ५ तिम्लामा दुर्घटना भएको अपीहिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले जानकारी दिए ।

उनका अनुसार अपिहिमाल ६ बस्ने अन्दाजी १८ वर्षका दिनेश धामीको घटनास्थलमै मृत्यु भएको हो ।

घटनास्थलबाट ५ जनाको उद्धार गरी मार्मा गाउँपालिकाको स्वास्थ्यचौकीमा लगिएको अध्यक्ष बोहराले जानकारी दिए ।

प्रकाशित : आश्विन ६, २०७९ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?