कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल-भारत जाेड्ने माेटरेबल पुल शिलान्यास हुँदै

मनाेज बडु

दार्चुला — त्रिदेशीय सीमा जाेडिएकाे दार्चुलामा नेपाल-भारत जाेड्ने मोटरेबल पुलकाे शिलान्यास हुने भएकाे छ । साेमबार महाकाली नगरपालिका-८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धारचुला तहसिल बलुवाकोट नजिकको छारछुम जोड्ने पुलकाे दुईटै देशबाट संयुक्त रूपमा पुलकाे शिलान्यास गरिने भएकाे छ ।

नेपाल-भारत जाेड्ने माेटरेबल पुल शिलान्यास हुँदै

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार नेपालतर्फ नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले र भारततर्फ उत्तराखण्डका मुख्यमन्त्री (सीएम) पुष्करसिंह धामीले शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

भारतीय पक्षले निर्माण गर्ने उक्त माेटरेबल पुलकाे शिलान्याससँगै त्रिदेशीय सीमा जाेडिएकाे क्षेत्रमा अन्तरदेशीय पुल निर्माणले व्यापारिक मार्गमा जाेडिने भएकाे हो ।

नेपाल-भारत जाेड्ने माेटरेबल पुल निर्माण पश्चात दार्चुला जिल्ला सुदूरपश्चिम प्रदेशकाे प्रमुख व्यापारिक केन्द्र बन्ने सम्भावना बढेकाे दार्चुला उद्योग वाणिज्य संघका महासचिव सर्पराज बडूले बताए । उनले यसका लागि सरकारले त्रिदेशीय मार्ग महाकाली काेरिडाेरलाई चाडाे निर्माणसँगै दार्चुलासित जाेडिएकाे ताँलाकाेट नाकालाई सञ्चालनमा ल्याउनुपर्ने हुन्छ ।

प्रकाशित : आश्विन ३, २०७९ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?