कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिप दुर्घटनामा चार जना घाइते

मनोज बडू

दार्चुला — नौगाड गाउँपालिका-४ मा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । आइतबार बिहान होपरी नजिक से १ ज १०७८ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालय दार्चुलाका अनुसार दुर्घटनामा घाइते हुनेमा जिप चालक धनबहादुर धामी, २८ वर्षीय कमलेश टमटा, १९ वर्षीय सुरे ठगुन्ना र २८ वर्षीय धनवीर टमटा रहेका छन् ।

घाइतेहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये जिप चालक धामीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन २, २०७९ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?