कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

सुदूरपश्चिममा दुई जना राज्यमन्त्री नियुक्त

अर्जुन शाह

धनगढी — प्रदेशसभाको समयावधि सकिनु एक दिनअघि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपा एकीकृत समाजवादीका दुई जना सांसदलाई राज्यमन्त्री नियुक्त गरेका छन् ।

सुदूरपश्चिममा दुई जना राज्यमन्त्री नियुक्त

सांसदहरु सुशीला बुढाथोकीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा र बलबहादुर सोडारीलाई आर्थिक मामिला राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि आर्थिक मामिला राज्यमन्त्री रहेका अमरबहादुर साउदलाई नेकपा (एकीकृत समाजवादी)ले फिर्ता बोलाएको हो ।

नेकपा एमाले विभाजताका नेकपा (एस) रोजेका सबैले मन्त्री हुने मौका पाएका छन् । प्रमुख सचेतक रहेकी दुर्गाकुमारी कामी भने शुक्रबार नै पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेकी छन् ।


प्रकाशित : भाद्र ३१, २०७९ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?