कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पसलमा राजस्वको छापा

धनगढी — राजस्व छलीको आशंकामा आन्तरिक राजस्व कार्यालय धनगढीले बुधबार धनगढीस्थित समैजी स्टोरमा छापा हानेको छ ।

चौराहास्थित गोमती कठायत सञ्चालक रहेको समैजी स्टोरको एउटै फर्मअन्तर्गत विभिन्न कारोबारमा राजस्व छलीको आशंका रहेको कार्यालयको दावी छ । राजस्व कार्यालय धनगढीका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलका अनुसार कार्यालयमा प्राप्त गुनासो र अनुगमनबाट समैजी स्टोर्समाथि छानबिन भइरहेको बताए ।

स्टोरले किराना सामानसँगै अन्य बस्तुको कारोबार गर्दै आएको छ । पौडेलका अनुसार उक्त स्टोरले किरानासँगै ग्यास, भाँडावर्तनलगायतका कारोबारसमेत गर्दै आएको छ । पौडेलले हाल पसलको स्टक बुक जाँच भइरहेको छ ।

प्रकाशित : भाद्र ३०, २०७९ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?