२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी

धनगढी — भ्रष्टाचारविरुद्ध र सदाचारको पक्षमा सन्दशे प्रवाह गर्न कार्टुनिस्ट क्लब अफ नेपालले धनगढीमा दुईदिने कार्टुन प्रदर्शनी गरेको छ ।

शनिबारसम्म सञ्चालन हुने प्रदर्शनीमा नेपालका ३६ कार्टुनिस्टका ५० कार्टुन समावेश छन् । पहिलो पटक राजधानी काठमाडौं बाहिर सातै प्रदेशमा प्रदर्शनी गरिएको कार्टुनिस्ट क्लब अफका निवर्तमान अध्यक्ष अविन श्रेष्ठले बताए । वैशाख ४ गते काठमाडौंबाट सुरु भएको प्रदर्शनीको अन्तिम प्रदर्शन शुक्रबारदेखि सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सुरु गरिएको छ ।

कैलालीको जनपुस्तकालयको सभाकक्षमा आयोजित प्रदर्शनीमा क्लबका अध्यक्ष वासु क्षितिजले प्रदर्शनी भ्रष्टाचारविरुद्ध सिर्जनात्मक अभियानको सुरुवात भएको

बताए । ‘हामीले यस पटक भ्रष्टाचारविरुद्धमा निसाना गरेर यसलाई सांकेतिक रूपमा प्रदर्शनीमा ल्याएका हौं,’ उनले भने, ‘यो संकेतलाई वास्तविकतामा उतार्न सम्पूर्ण कार्टुनप्रेमी र भ्रष्टाचारविरोधी नागरिकमा आग्रह पनि गर्छौं ।’

सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला जोशी बडालले प्रदर्शनी उद्घाटन गरिन् । धनगढीका विद्यार्थी, नागरिक समाज, राजनीतिक दल र संघसंस्थाका प्रतिनिधिहरू प्रदर्शनी हेर्न पुगेका थिए ।

प्रकाशित : भाद्र २५, २०७९ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?