कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०

बैतडीकी एक किशोरी बेपत्ता

तृप्ति शाही

बैतडी — बैतडीकी एक किशोरी वेपत्ता भएकी छन् । जिल्लाको दशरथचन्द नगरपालिका वडा नं ७ माइखर्ककी १५ वर्षीया आस्था शर्मा धनगढीबाट वेपत्ता भएकी हुन् । परिवारसँगै धनगढी मोहनपुर बस्दै आएकी १५ वर्षीया आस्था सोमबारदेखि परिवार र आफन्तको सम्पर्कमा नरहेको बताइएको छ।

बैतडीकी एक किशोरी बेपत्ता

सोमबार बिहान ८ बजे धनगढी उपमहानगरपालिका १३ मोहनपुर आफ्नै घरबाट त्रिभुवन मावि बोराडाडी स्कुल जान्छु भनी घरबाट निस्केकी शर्मा अहिलेसम्म सम्पर्कमा नआएको बेपत्ता किशोरीका काका भुवन शर्माले बताए ।

बेपत्ता किशोरीको खोजी कार्यका लागि प्रहरीमा पनि निवदेन दिएको उनले बताएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले बेपत्ता किशोरीको खोजी कार्य भइरहेको बताएको छ ।

प्रकाशित : भाद्र २१, २०७९ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×