कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

बलात्कारको आरोपमा शिक्षक पक्राउ

तृप्ति शाही

बैतडी — बैतडीमा बलात्कारको आरोपमा एक शिक्षकलाई प्रहरीले बिहीबबार नियन्त्रणमा लिएको छ ।

ट्युसन पढ्न आएकी किशोरीलाई बलात्कार गरेको आरोपमा मेलौली नगरपालिका– ३ स्थित प्रिति माविका शिक्षक किशोर जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

किशोरीका आफन्तको मौखिक उजुरीका आधारमा शिक्षकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित : भाद्र ९, २०७९ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×